सामाजिक अध्ययन



एकाइ १

हामी र हाम्रो समाज  

एकाइका उद्देश्यहरु: 

  •  समाज विकासको अवधारणा बताउन।
  •  समाज विकासका चरणहरु उल्लेख गर्न।
  •  समाजका प्रकार्हरु बताउन ।
  •  असल समाज निर्माणमा आफ्नो भुमिका निर्वाह गर्न।
एकाइका नयाँ शव्दहरू 
मैत्रीपूर्ण (Friendly)
औपचारिक (Formal)
शिष्टता (Courtesy)
हस्तान्तरण (Transfer)
पुरातन (Orthodox)
सर्वव्यापी (Universal)
पारस्पारिक सुरक्षा (Mutual Security)
पराभौतिक (Metaphysical: It is the thing that can not be percieved by the human sense of organs)
दैव्स्तुनिष्ठ ( Composite)
मातृसत्तात्मक (Matriarchal)
कबिला (Family/ A single caste family)
पितृसत्तात्मक (Patriarchal)
भू-दास (Serf/the farmers with more rights than the slaves)
घुमन्ते (Nomadic)
कन्दमुल (Wild fruit)
चरन (Pastoral land)
वस्तु विनिमय प्रणाली (Barter system)
प्रतिस्थापन (Replace) 
बहुलवादी (Pluralist)
आधाभुत (Basic)
निष्पक्ष (Fair)
परिपूर्ति (Fulfillment)
अतिरिक्त (Additional)
औधोगिक (Industrial)
क्रान्ति (Revolution)
साम्यवाद (Communism: a theory or system of social organization in which all property is owned by the community or the state and each person contributes and receives according to their ability and needs)
सामन्तीवाद (Feudalism: the dominant social system in which the peasants or serfs work and fight for landlords or the nobles who the peasant/serf protection and the basic needs)
पुँजीवाद (Capitalism: an economic and political system in which the trade and commerce and industry of a country are controlled by the private owners for profit rather than by the state)
समाजवाद (Socialism: a political or economic theory of social organization which advocates  that the means of production, distribution and exchange should be owned or regulated by the community or the state as a whole)
बृहत् (Comprehensive)
अमूर्तता (Abstractness)
मतभेद (Conflict)
अन्तरनिर्भरता (Interdependence)
सहकार्य (Cooperation)
समष्टि 

मेरो  परिचय/चिनारी 
नाम: 
जन्म मिति : 
लिङ्ग :
बुबा :
आमा :
दाइ/दिदी:
भाइ/बहिनी :
परिवारको सदस्य सङ्ख्या :
पारिवारिक पेशा :

अस्थायी ठेगाना 
प्रदेश :
जिल्ला : 
गाउँ पालिका/नगर पालिका:
वार्ड नं.:
टोल:

स्थायी ठेगाना 
प्रदेश :
जिल्ला : 
गाउँ पालिका/नगर पालिका:
वार्ड नं.:
टोल:

पाठ :१ 

समाजको उत्पति र विकास 

परिचय / Introduction 

बिभिन्न किसिमका व्यक्तिहरुको मैत्रीपूर्ण सम्बन्धबाट साझा उद्देश्य प्राप्तिका लागि स्थापित मानवीय सङ्गठनलाई समाज भनिन्छ | अंग्रेजी भाषाको society शव्द , Latin भाषाको Societas शव्दबाट आएको हो र यसको अर्थ मैत्रीपुर्ण सम्बन्ध अथवा मेलमिलाप हुन्छ | अत: समाज भनेको मित्रता र परस्पर मेलमिलापको एक संगठित रूप हो | नेपाली बृहत शब्दकोशका अनुसार एउतै रहनसहन, व्यवस्था, धर्म आदि अंगगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरुको समूहलाई समाज भनिन्छ |

Giddings का अनुसार Society is the union itself,the organization, the sum of formal relation in which associating individuals are bound together. हामी सामाजिक प्राणी हौ र भूगोल, धर्म, संस्कृति, बिज्ञान तथा प्रविधिको बिकास आदिद्वारा समाजको निर्माण हुन्छ । जाहा साझा उद्देश्यका लागि सबै मिलेर कार्य गर्दछन् |

  • समाजका विशेषताहरु (Characteristics of a society)
  • समानता (Likeliness)
  • भिन्नता (Differences)
  • अन्तर्निर्भाता (Interdependence)
  • सहकार्य तथा मतभेद (Cooperation and Conflict)
  • स्थायित्व (Permanence) 
  • अमूर्तता (Abstractness)
  • गतिशिलता (Dynamic)
  • बृहत् संस्कृति (Comprehensive Culture)

समाजको उत्पति र विकास (Evolution and Development of Society)  

सकरात्मक परिवर्तनहरू  नै विकासका रुप हुन्  । सामाजिक संरचना, सामाजिक सम्बन्ध तथा सामाजिक संगठनहरुको सकारात्मक रुपान्तरण समाजको विकास हो।  प्रत्येक  समाज जहिले पनि साधारणबाट जटिलता तर्फ, समानताबाट विविधतातर्फ, अज्ञानतादेखि सभ्यतातर्फ र पुरातन बाट आधुनिकतातर्फ अघि बढ्दछ।

समुदायको अवधारणा (Concept of Community)

साझा तथा पारस्परिक भावनाका साथ निश्चित भौगोलिक क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको समूह नै समुदाय हो । धर्म, भाषा, जातजाति आदिका आधारमा समुदायका समाजको  निर्माण हुन्छ साथै एउटा समुदाएमा बसोबास गर्ने विभिन्न समुहको  रहनसहन, भाषा तथा संस्कृति मिल्दाजुल्दा हुन्छन् ।

समुदायका विशेषताहरु :

  • समुदाएमा हामी भावना हुन्छ।
  • समुदाएको एउटा निश्चित भौगोलिक क्षेत्र हुन्छ।
  • एउटै समुदाएका भाषा, संस्कृति, तथा रहनसहनमा समान विशेषताहरु पाईन्छ्न।
  • समुदाय तथा समाजको महत्व
  • समाजमा सुख तथा दु:खमा एक अर्काको सहयोग पाउन सकिन्छ।
  • एक अर्काको सहयोगले आफ्ना आवश्यकताहरुलाई पूरा गर्न सकिन्छ।
  • समाजले समाजका प्रतेक सदश्यलाई सामाजिक मूल्य र मान्यता सिकाउछ।
  • समाजले आफ्ना सदस्यहरुको पारस्पारिक सुरक्षा प्रदान गर्छ।
  • व्यक्ति र समाजको सम्बन्ध

व्यक्तिहरुको समूह नै समाज हो। व्यक्ती समाजको एकाई पनि हो। व्यक्तिका सम्पुर्ण आवश्यकता र इच्छा तथा गर्न समाजको सृजना भएको हो। समाजबाटै व्यक्तिले सुरक्षा प्राप्त गर्दछ। व्यक्ती नभई समाजको कल्पना गर्न सकिन्दैन त्यस्तै समाज नभई उसका कुनै पनि आवश्यकताहरु पूरा हुदैनन् ।त्यसकारण समाज र व्यक्ति एक अर्काका परिपुरक पनि हुन् ।

पाठ:२

समाजको विकास 

Development of Society

जसरी सन्सार चलायमान छ, त्यसैगरी समाज गतिशील छ। समाजशास्त्रका पिता अगस्त कोम्टले सर्वप्रथम मानव समाजको उत्पती र विकास बारे समाजशास्त्रीय अवधारणा अघिसारेका हुन् । उनका अनुसार समाज विकासका चरणहरु;                                         

                                                                                   

क. दैवी चरण (The Theological Stage)                                                                        
ख. पराभौतिक चरण (The Metaphysical Stage)

ग. वैज्ञानिक चरण (The Positive Stage)

जर्मन दार्शनिक कार्ल मार्क्सका अनुसार समाजका चरणहरु;

क. आदिम साम्यवादी युग ( Primitive Communism Age)

ख. दास युग ( Slavery Age)

ग. सामन्ती युग (Age of Feudalism)

घ. पूंजीवादी युग ( Age of Capitalism)

ङ. समाजवादी युग (Age of Socialism)

च. साम्यवादी युग (Age of Communism)

पाठ : ३

समाज वर्गीकरणका आधारहरू 

(The Bases for Classification of Society)

सबै समाज एकै किसिमका हुदैनन् । समाज विभिन्न प्रकारका हुन्छन् । तिनीहरुका वर्गीकरणका आधारहरु पनि विभिन्न हुन्छन् । यी बुदाहरु समाज वर्गीकरणका आधारहरू हुन् ।

क. धर्म (Religion)

ख. भाषा (Language)

ग. जिवनपद्द्ती (Life Style)

घ. अर्थव्यवस्था (Economic System)

ङ. सहरीकरण (Urbanization)

च. विकासको स्तर (Level of Development)

छ. प्रविधि (Technology)

क. धर्मको आधारमा समाजको वर्गीकरण  (Classification of Society on the basis of Religion)

क. एक धार्मिक समाज (Mono religious Society)

ख. बहुधार्मिक समाज (Multi religious Society)

ख. भाषाका आधारमा समाजको वर्गीकरण 

 (Classification of Society on the basis of Language)

क. एक भाषी समाज (Monolingual Society)

ख. दुईओटा भाषा बोलिने समाज (Bilingual Society)

ग. बहुभाषी समाज (Multilingual Society)

ग.जिवनपद्दतिका आधारमा समाजको वर्गीकरण 

 (Classification of Society on the basis of Lifestyle)

क. सिकारी तथा कन्दमूल सङकलक समाज(Hunter and Gatherer Society)

ख. कृषि तथा फलफूल खेती गर्ने समाज (Agrarian and Horticultural Society)

ग. पशुपालक समाज (Pastoral Society)

घ. औधोगिक समाज (Industrial Society)

ङ. आधुनिक समाज ( Modern Society)

च. उतरआधुनिक समाज (Post Modern Society)

घ. अर्थव्यवस्थाका आधारमा समाजको वर्गीकरण 

 (Classification of Society on the basis of Economic System) 

क. पूंजीवाद समाज (Capitalist Society)

ख. समाजवादी समाज (Socialist Society)

ग. मिश्रित समाज (Mixed Society)

ङ सहरीकरणका आधारमा समाजको वर्गीकरण 

 (Classification of Society on the basis of Urbanization)

क. ग्रामीण समाज (Rural Society)

ख. सहरी समाज (Urban Society)

च. बिकासक्रमका आधारमा समाजको वर्गीकरण 

 (Classification of Society on the basis of Level of Development )

क. प्राचीन समाज (Ancient Society)

ख. मध्यकालीन समाज (Medieval Society)

ग. आधुनिक समाज (Modern Society)

छ. प्रबिधिका पहुँचका आधारमा समाजको वर्गीकरण 

 (Classification of Society on the basis of Access to Technology)

क. प्रविधियुक्त समाज (Technological Society)

ख. प्रविधिविहिन समाज (Non-Technological Society)

एकाइ : ४ 

जीवन पद्दतिका आधारमा समाजका प्रकार 

Types of Society on the Basis of Lifestyle

सिकारी तथा कन्दमूल संग्कलक समाज 

  • सबै भन्दा पुरानो समाज 
  • जंगली जनवारको सिकार र कन्दमूल संकलन गरि जीवनयापन गर्ने समाज 
  • स्थाई बसोबास नभई फिरन्ते जीवनयापन गर्ने समाज 
  • लैंगिक आधारमा श्रम विभाजित समाज 
  • सिकारका लागि ढुंगाका औजार गर्ने गरिन्थ्यो  
पशुपालक समाज 
  • पशुपालन गरि जीवनयापन गर्ने समाज  
  • आफु बसेको ठाउको चरण कम उपयोगी भएपछी ठाउ सर्ने समाज 
  • धेरै पशुको संख्या हुने मानिस धनि मानिन्थ्यो 
  • वर्ग विभाजनको आधार 
कृषि तथा फलफूल खेती गर्ने समाज 
  • स्थाई बसोबासको सुरुवात गर्ने समाज 
  • अन्न फलाएर जिविकोपार्जन गर्ने समाज 
  • वस्तु विनिमय प्रणालीको सुरुवात 
  • आधुनिक समाजको सुरुवात 
  • धेरै जग्गा हुने व्यक्ति धनि मानिस हुने गर्दथ्यो 


औधोगीक समाज (Industrial Society)

  • वाफ द्वारा चल्ने रेल तथा पानी जहाजको समान ओसार पसार गर्न प्रयोग
  • कलकारखानाको स्थापना 
  • सहरहरुको विकाश 
  • गाउँबाट सहरतिर बसाई सर्ने चलनको विकास 
  • समाजको पूँजीपति र सर्वहारा वर्ग गरि समाजको  दुई धुर्वमा विभाजन 
आधुनिक समाज (Modern Society) 
  • सूचना र संचारका प्रविधिहरुको विकास 
  • उदार अर्थ व्यवस्थाको परिकल्पना 
  • बहुलवादी समाजको विकास 
  • सहज जीवनयापनको पृष्ठ भूमिको सुरुवात 
एकाइ: २
विकासका पूर्वाधार 
एकाइका उद्देश्यहरु



एकाइ: ३

 हाम्रा परम्परा र सामाजिक मूल्यमान्यता 

 Our Traditions, Social Values and Norms 

 पाठ : १

 नेपालमा प्रचलित धर्म

Religions of Nepal

 परिचय

 सामन्यतया ईश्वरीय शक्तिमा गरिने विश्वासलाई धर्म भनिन्छ। धर्म भन्नाले धारण गर्न योग्य विषय, ज्ञान तथा धारणा भन्ने पनि बुझिन्छ। धर्मले सहि आचरण, व्यवहार, मूल्य र मान्यतालाई पनि जनाउछ । 

 अङ्ग्रेजी भाषाको religion शब्द ल्याटिन भाषाको शब्द relegare बाट आयात गरिएको हो जस्को अर्थ re पुनः र legare जोडनु तथा दम्वन्ध बनाउनु हो। समग्रमा भन्नू पर्दा, ईश्वरसङ्ग जोडीने सम्बन्ध नै धर्म हो। नेपाल एक बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक रास्ट्र हो। राष्ट्रिय जनगणना २०६८ का अनुसार, नेपालका प्रमुख १० धर्महरु:

हिन्दु धर्म 

हिन्दु धर्म नेपालको प्रमुख धर्म हो। करिव ८२% जनसंख्याले यो धर्मलाई अगालेका छन। हिन्दु धर्म सनातन धर्म हो। यस धर्मका मानिसहरु बहु इश्वोर मा विश्वास राख्दछन। ब्रह्मा,विष्णु र महेश्वोर यस धर्मका प्रमुख देवता हुन। कृष्ण, राम, सरस्वती दुर्गा आदिलाई पनि अति श्रदाका साथ पुजा गरिन्छ।

तथ्य सत्य 

  • विश्वको सबैभन्दा पुरानो तथा सनातन धर्म 
  • विश्वको तेश्रो ठुलो धर्म,
  • प्रमुख धार्मिक ग्रन्थहरू :

           चार वेद, उपनिषद् , बेदंतसुत्र, गीता, महाभारत, रामायण 

  • देवी देवताहरू :

          ब्रह्मा, विष्णु , महादेव, गणेश, पार्वती, लक्ष्मी, सरस्वती, सुर्य, राम, कृष्ण इत्यादि  

  • स्थापना: हजारौ ऋषीमुनि तथा ऋषी आश्रम द्वारा स्थापित 
  • प्रमुख सम्प्रदायहरु : 

          शैव, वैष्णव, कृष्ण, कृष्णप्रणामी इत्यादी |


बौद्ध धर्म 


लुम्बिनीको कपिलवस्तुको शाक्य वंशमा जन्मिनु भएका शिद्धार्थ गौतम द्वारा प्रतिपादित धर्म,  बौद्ध धर्म हो| यो धर्म करिव पचिस वर्ष पहिले राजकुमार  शिद्धार्थ गौतमले गयाको बोधी वृक्षमुनि गर्दा प्राप्त गर्नुभएको थियो |


पाठ : ४ 

नेपालि मूर्तिकला 



माटो, काठ, धातु तथा ढुङ्गाबाट बनेका बिभिन्न प्रकारका प्रतिमा तथा आकृतिलाई मुर्ति भनिन्छ | यसरी माटो, काठ, धातु र ढुंगाबाट मुर्ति बनाउने कलालाई मूर्तिकला भनिन्छ | यो एक प्राचिन कला हो | भनिन्छ, नेपालको मूर्तिकलाको इतिहास किरात कालबाटै सुरु भएको हो | नेपालमा पाइन मुर्तिहरु हिन्दु तथा  बौद्ध धर्मबाट धेरै प्रभावित छन् | इतिहासकारका मत अनुसार पशुपति आर्यघाटमा अवस्थित बिरुपक्षको मुर्ति नै नेपालमा पाइने सबै भन्दा पुरानो मुर्ति हो  भने एतिहासिक प्रमाणका आधारमा वामन त्रिविक्रमको मुर्तिलाई मान्न सकिन्छ |  

नेपालमा मूर्तिकलाको विकासलाई तिन चरणमा विभाजन गरिएको छ | 

  • किरात काल 
  • लिच्छबी काल 
  • मध्य काल    
किरांँतकाल
मुर्तिकलाको इतिहासमा किराँतकाललाई सबै भन्दा पुरानो मानिन्छ। उत्खननका क्रममा विभिन्न प्रकारका माटो तथा ढुङ्गाका अर्ध तथा पूरा आकारका मुर्तिहरु पाइएका छन। पशुपती आर्यघाटको बिरुपाक्षको मुर्ति, मृगस्थलिको यलम्बरको मुर्ती, च्यासल पाटनमा रहेको गजलक्ष्मीको मुर्ती तथा उमामहेश्वोरको मुर्ती आदि यसकालका मुर्तिका ईतिहास हुन।
विशेषताहरु:

एकाइ ५ 
नागरिक चेतना 


Civic Consciousness 

एकाइका उद्देश्यहरु:

  • नेपालको संबैधानिक विकासक्रम उल्लेख गर्न,
  • नेपालको वर्तमान संविधानको विशेषताहरु उल्लेख गर्न ,
  • नेपालको संविधानले प्रदान गरेका मौलिक हकहरू संग जानकार हुन्,
  • नागरिक कर्तव्य पालन गर्न,
  • नागरिक पहिचानका आधारहरू उल्लेख गर्न, 
  • सुशासनको परिचय र महत्व उल्लेख गर्न, 
  • लोकतान्त्रिक आचरणको अबलम्बन गर्न,
  • नागरिक समाजको परिचय र भूमिका उल्लेख गर्न, 
  • राष्ट्र र राष्ट्रियताको सम्मान गर्न,
  •  राष्ट्रिय सरोकारका विषयहरू प्रति सचेत रहन|
एकाइका नयाँ शव्दहरू : 
दस्तावेज (Document): Report
शासकीय (Administrative) : Related to administrative works
बैद्धानिकता (Legitimacy) :  The state of being legal, valid or lawfulness 
अपव्याख्या (Misinterpretation) : Wrong interpretation 
कार्यपालिका (Executive) : The government or the governing body
व्यवस्थापिका (Legislature) : The assembly of representatives of people
न्यायपालिका (Judiciary) : The justice providing body of the state
संशोधन (Amendable) : Capable of being changed or amended
पृथकीकरण (Stratification) : The process leading to formation or distribution of something
मौलिक (Fundamental) : The most required ones
व्यापक (Broad) : The thing or concept which covers lager area
कार्यकारिणी (Executive) : The governing body 
अन्तरिम (Interim) : Caretaker
जनप्रतिनिधि (Peoples' representative) : The elected individual/people by the people of particular area 
जनमतसंग्रह  (Referendum) : The democratic way of taking the opinion of people in the important issues to decided by the nation
बालिग मताधिकार (Adult Franchise) : The people with the voting rights 
मस्यौदा (Bill) : The document presented by legislature to draft he law
प. हु. नि. हु. (F.P.T.P./First Past The Post) : A kind of electoral system in which the candidate who gets largest number of votes gets declared winner 
सार्वभौमसत्ता ( sovereignty) : The state of making laws and controlling the state or resources without the disturbance of other nation 
तर्जुमा ( Prepare/make ready)  
अनुमोदन ( Approval) : An expression  granting permission or an indication of agreement with a proposal

पाठ : १ 

संविधानको परिचय 



संविधान भनेको देशको मूल कानुन हो | राज्य संचालन सम्बन्धमा नागरिकका चाहना र आकांक्षाहरू व्यक्त भएको राजनीतिक एवं कानुनि लिखित दस्तावेज नै संविधान हो | अर्को शव्दमा भन्नुपर्दा,  राज्य संचालनमा सरकारका अङ्गहरु बिच शक्तिको वाडफाड तथा नियन्त्रण र सन्तुलनका लागि व्यवस्था गरिएको दस्तावेज अनि संविधान हो | कनै पानि मुलूकको भूगोल तथा जनसंख्याको  वनावट साथै राजनीतिक व्यवस्था र संस्कृतिलाई आधार मानी संविधानले त्यस मुलुकको  शासकीय स्वरुपलाई निर्धारण गर्दछ |

विश्वको सबै भन्दा पुरानो संविधान संयुक्त राज्य अमेरिकाको हो | यो संविधान २१ जुन, १७८८ मा अनुमोदन गरिएको हो | यो संविधान विश्वको सबै भन्दा सानो संविधान पनि हो | विश्वमा संविधान नभएको देश बेलायत हो | संविधान विभिन्न प्रकारका हुन्छन | संविधानका परकारहरू लाई निम्न आधारहरूमा प्रस्तुत गर्न सकिन्छ;

क. श्रोतका आधारमा;

  • निर्मित संविधान 
  • विकसित संविधान 

ख. दस्तावेजका आधारमा ;

  • लिखित संविधान 
  • अलिखित संविधान 

ग. संशोधनका आधारमा; 

  • लचिलो संविधान 
  • कठोर संविधान 
संविधानका विशेषताहरु ;
  • स्पष्टता 
  • संसोधन योग्य 
  • संरचना र प्रयोगमा व्यापकता 
  • मौलिक हक र कर्तव्यहरुको व्यवस्था 
  • स्वतन्त्र न्यायपालिका 
  • शक्ति पृथकीकरण र सन्तुलन 
  • संक्षिप्तता 
पाठ: २
नेपालीको संबैधानिक विकासक्रम 
Constitutional Development of Nepal
नेपालमा हाल सम्म ७ वटा सम्बिधानहरु प्रयोगमा आएका छन् । ती मध्य पद्मसशेरको पालामा निर्माण भएको संविधान, नेपाल सरकारको वैधानिक कानुन-२००४, लाई पहिलो संविधान मानिन्छ। यद्यपि यो संविधान निर्माण भयो तर प्रयोगमा आएन। २०७२, असोज ३ मा जारी भएको संविधान, सातौंँ संविधान हो र यो नै संविधान सभाबाट जारी भएको पहिलो संविधान हो।
संबैधानिक विकासक्रम
   ंनेपाल सरकारको वैधानिक कानुन-२००४
    घोषणा : वि.सं. २००४ माघ १३ गते
    पद्मशमशेर 
   भाग: ६
   धारा : ६८
   अनुसूची : १

 नेपालको अन्तरिम शासन विधान -२००७
 घोषणा : बि. सं. : २००७, चैत्र १७ गते
 राजा त्रिभुवन 
भाग : ७
 धारा : ७३
  अनुसूची : १

  नेपाल अधिराज्यको संविधान - २०१५
 घोषणा : वि. सं. : २०१५, फाल्गुन १ गते
  राजा महेन्द्र
 भाग : १०
 धारा : ७७ 
 अनुसूची : ३
 ( बेलायतका सम्विधानविद, आइभर जेनिङ्ग्सको सल्लाहमा)
 
 नेपालको सम्विधान-२०१९
घोषणा : वि. सं. : २०१९, पौष १ गते
 राजा महेन्द्र
 भाग: २०
 धारा : ९७
 अनुसूची : ६

 नेपाल अधिराज्यको सम्विधान - २०४७
घोषणा : वि. सं. : २०४७, कार्तिक २३ गते
 राजा बिरेन्द्र
भाग : २३ 
 धारा : १३३ 
अनुसूची : ३ 

 नेपालीको अन्तरिम सम्विधान - २०६३
 घोषणा : वि. सं. : २०६३, माघ १ गते
 गिरिजा प्र. कोईराला (प्र. म.)
 भाग : २५
 धारा : १६७
 अनुसूची : ४
 
 नेपालको सम्विधान 
 घोषणा : वि. सं. : २०७२, असोज ३ गते
 डा. रामवरण यादव (नेपालका पहिलो रास्ट्रपति )
 भाग : ३५
 धारा : ३०८
 अनुसूची : ३५
 सम्विधानका विशेषताहरु : 
 जनप्रतिनिधिको सम्विधान सभाबाट पारित सम्विधान,
 सातप्रदेशिय सङघियताको व्यवस्था,
 सङ्घिय लोकतान्त्रिक गणतन्त्र,
 स्वतन्त्र न्यायालयको व्यवस्था,
 आवधिक मिश्रित निर्वाचन प्रणाली,
 पुर्ण प्रेस स्वतन्त्रताको व्यवस्था इत्यादि ।


पाठ :३ 
संविधान सभा 

कठिन शव्दहरू 
मस्यौदा (Bill)
प. हु. नि. हु. ( F.P.T.P. electoral system) 
समानुपातिक प्रणाली (Proportional electoral system)
सार्वभौमसत्ता (Sovereignty)
परिचय 
Introduction
लोकतान्त्रिक विधिमा, देशको संविधान निर्माणका लागि  जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुको सभा, संविधान सभा हो | देशको मूल कानुन निर्माणका जनताले आफ्ना प्रतिनिधिहरु चुनेर  पठाउछन् | जनताका प्रतिनिधिहरुको सहभागितामा संविधान निर्माण गरि जनतामा निहित सार्वभौमसातालाई संस्थागत गर्दै जनताको अपनत्व हुने र  संविधान पनि दिगो हुने भएकाले  संविधान सभाको आवश्यकता पर्दछ |  नेपालका हकमा संविधान तर्जुमा गर्दा जनताका प्रतिनिधिहरुको समावेशी सहभागितामा लोकतान्त्रिक शासन व्यवस्थालाई दिगो र संस्थागत गर्ने उदेश्यका साथ संविधान सभाको गठन गरिएको हो | 
दोश्रो जन आन्दोलन - २०६२/६३ को सफलता पछी, चैत्र २८, २०६४ मा पहिलो संविधान सभाका लागि  निर्वाचन भएको थियो | यस संविधान सभाले पहलो बैठक बसेको मितिले दुई वर्षमा संविधान घोषणा गर्नुपर्ने थियो तर राजनीतिक खिचातानीले गर्दा उक्त संविधान सभा, आफ्नो कार्य पुरा नगरी १४ जेष्ठ, २०६९ अन्त्य भयो | पुन; मंग्सिर ४ , २०७० मा दोश्रो संविधान सभाका लागि चुनाव भयो | यहि संविधान सभाले असोज ३, २०७२ मा नेपालको संविधान जारी गर्यो | नेपाल लगायत विश्वका केहि देशहरूले संविधान सभाबाटै संविधान जरी गरेका छन् | जस्तै फ्रान्स, नर्वे, जर्मनी, भारत, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, बेल्जियम इत्यादि | 

नेपालको संविधान सभाको गठन प्रक्रिया : 
  • संविधान सभाका जम्मा सदस्यहरू : ६०१ 
  • प्रत्यक्ष निर्वाचित सदस्यहरू (प. हु. नि. हु.निर्वाचन प्रणाली) : २४० 
  • अप्रत्यक्ष निर्वाचित सदस्यहरू ( समानुपातिक निर्वाचन प्रणाली ) : ३३५ 
  • मनोनित सदस्यहरू : २६ 
पाठ : ६ 
नागरिकका कर्तव्य तथा दायित्व 
कुनै पनि देशमा त्यस देशको राष्ट्रिय परिचय सहित बसोबास गर्ने मानिसहरू त्यस देसका नागरिक हुन् | जसरि उनीहरु त्यस मुलुकका नागरिक हुन् त्यसरीनै उनीहरुको त्यस राष्ट्र पार्टी मौलिक दायित्व हुने गर्दछ |

 

एकाइ : ६ 
पाठ : ३ 
नेपालको धरातलीय स्वरूप 
नया शव्दहरू
हिमाली प्रदेश
पहाडी  प्रदेश 
तराई प्रदेश 
क्षेत्रफल 
हिमरेखा 
उर्वर 
पाँगो माटो 
पानिघट्टा
औसत 
वासस्थान 
जनजाती 

पाठ : ३ 
नेपालको धरातलीय स्वरूप 





नेपालका वारे छोटो जानकारी 
क्षेत्रफल : १,४७,१८१ वर्ग कि.मि. / ५६८२७ वर्ग माईल 
धरातलीय स्वरुप : हिमाल , पहाड र तराई 
औसत लम्बाई : ८८५ कि. मि.  
औसत चौडाई : १९३  कि.मि.
अक्षांस : २६ डिग्री २२ मिनेट -- ३० डिग्री २७ मिनेट 
देशान्तर : ८० डिग्री ४ मिनेट पूर्व -- ८८ डिग्री १२ मिनेट 
प्रमाणिक समय रेखा : ८६ डिग्री १५ पूर्व 
विश्वको कुल भूभाग : ०.०३ %
यसियाको कुल भूभाग : ०.३ % 
समुद्रदेखिको दुरी  : ११२७ कि.मि. 
ग्रीनवीच मानक समयको फरक : ५ घण्टा ४५ मिनेट 
विश्वका १४ वटा ८००० मि. माथिका हिमालहरू मध्य ८ वटा हिमालहरु  नेपालमा पाइन्छन | 
हावापानी क्षेत्र : 
उष्ण मनसुनी हावापानी (Sub-Tropical Climate)  - ५९ मी. देखि १,२०० मी.  
न्यानो समशितोष्ण  हावापानी (Warm Temperate Climate) - १,२०० मी. देखि २, १०० मी  
ठण्डा  समशितोष्ण  हावापानी ( Cool Temperate Climate)  - २,१०० मी. देखि ३,३५० मी.  
लेकाली   हावापानी (Alpine Climate) - ३,३५० मी. देखि ५,००० मी. 
हिमाली (ध्रुवीय) हावापानी (Tundra Climate) - ५,००० मी. देखि माथि 

राजनीतिक विभाजन 

सङ्घ : सिंगो नेपाल 
प्रदेश : ७ 
     * प्रदेश न : १ 
     * मधेश प्रदेश 
     * बागमती प्रदेश 
     *  गण्डकी प्रदेश 
     * लुम्बिनी प्रदेश 
     * कर्णाली प्रदेश र 
     * सुदूरपश्चिम प्रदेश 
स्थानीय निकाय : ७५३ 
    * माहानगरपालिका --------६ 
    * उप माहानगरपालिका---११ 
    * नगरपालिका -----------२७६ 
    * गाउँपालिका ------------४६० 
मुख्य नदीहरु 
  * कोशी 
  * गण्डकी 
  * कर्णाली
  * महाकाली 
  * सेती 
  * भेरी 
  * त्रिशुली 
  * तामाकोशी
  * कन्काई
  * कमला
  * बबई 
  * त्रियुगा 
  * तिनाउ 
  * सिर्सिया 
  * तिलाबे 
  * जमुनी  इत्यादी 
 
 एकाइ:७
 हाम्रो विगत
नया शव्दहरु
पान्दुलिपि (the hand written text)
आत्मकथा (autobiography )
वृतचित्र ( documentary)
 वंशावली  ( genealogy)
संग्रालय (museum)
शिलापत्र (stone inscription )
ताम्रपत्र ( Copper inscription)
भोजपत्र ( Himalayan birch, a type of large paper, on what the people used write discovery of paper) 
आख्यान  (the explanation, story, novel )
राजपत्र ( gazette an official to publish the formal decisions of the state)
सनद ( charter, )
कर्खा ( a kind of story to be sung by the Gandharws )
ल्याइते (the wife brought without following ritual formally)
क्रकुच्छ्न्द ( one of the Buddha among 29 Buddha)
कनकमुनी ( the 23rd Buddha among the 29 Buddhas and among them tree were born in Nepal)
कदर (respect )
मरवट विर्ता (the piece of land given to the family of a soldiers who used to loss his life in the battle)
रजौटा ( principality, the governor of  small state) 
अस्थिरता (instability)
एकीकरण ( unification) 
हस्तक्षेप (interference)
स्मारक (obelisk)
   

 पाठ: १ 
 एतिहासिक स्रोत 

एतिहासिक स्रोतका प्रकार (माध्यामका  आधारमा )
क) लिखित (Written Source)
 वसाँवली, जीवनी, पुस्तक, मुद्रा, तक्मा, विभुषण, शिलापत्र, ताम्रपत्र, भोजपत्र, ताडपत्र, स्वर्णपत्र, यात्रा विवरण, ठ्यासफु इत्यादी।
ख) मौखिक स्रोत (Oral Source)
दन्त्य कथा, लोकगित, किंवदन्ती, वीर गाथा, आख्यान, सवाई इत्यादी।
ग)  कलकृती र ठोस वस्तु (Artifacts and Solid Objects)
 मुर्ती, चित्र, भवन, मन्दिर, हतियार, पोसाक, गहना, कलाकृती 
निर्माणका आधारमा इतिहासका स्रोतहरू  
प्राथमिक स्रोत (Primary Source)
द्वितीय स्रोत (Secondary Source)

प्राथमिक स्रोत  
चिठ्ठी पत्र (Letters)
पान्डुन्लिपि (Manuscript)
डायरी (Diary)
 आत्मकथा (Autobiography)
किम्वदन्ती (Legends)
अन्तवार्ता (Interview)
भाषाण (Speech)
पत्रपत्रिका (News Papers)
फोटो (Photos)
सरकारी कागजात (Government Documents)

द्वितीय स्रोत 

पाठ्यपुस्तक (Books)
जीवनी (Biography)
निवन्ध (Essay)
लेख (Article)
सन्दर्भ  (References)
वृतचित्र (Documentary) 
कार्यपत्र (Action Plans)
नेपालको इतिहासका स्रोत हरु 

धार्मिक ग्रन्थहरु (Religious Scriptures)
वंशावली ( Genealogy)
ठ्यासफू (Written record of the day to day activities)
सरकारी कागजपत्र (Government Documents and Publications)
कलाकौशल (Artifacts )
जनश्रुति (Hearsay and Folk Songs)
दन्त्यकथा (Legends)
यात्रा संस्मरण (Travel Loge) 
विभन्न लेख तथा रचना  (Various Written Sources)
पुराना सिक्का (Old Coins)

केहि तथ्यपरक जानकारी 
  • कौटिल्य (चाणक्य)को  अर्थसास्त्र , समुद्रगुप्तको इलाहावादको अभिलेख, William Kirkpatrick को  An Account of Kingdom of Nepaul  आदि विदेशीले तयार परेका नेपालको इतिहासका लिखित सामाग्रीहरु हुन् | 
  • राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा मानाक नेपालको पहिलो मुद्रा हो | 
  • महाभारत, रामायण , हिमवतखंड, स्वयाम्भु पुराण , स्कन्द पुराण  आदि नेपालको इतिहास बारे जानकारी दिने धर्म सास्त्रहरु हुन् |
  • १९१० को मुलुकी एन, १९७७, असार १५ मा चन्द्र सम्सेरले हताएको सती प्रथा  आदि सरकारी कागजात हुन् |    
 एकाइ : ८ 
आर्थिक क्रियाकलाप
हाम्रा आर्थिक क्रियाकलाप 
 एकाइका उद्देश्यहरु 
  •  परम्परागत र आधुनिक कृषिको महत्व, विशेषता बताउन 
  •  कृषि क्षेत्रका विकाशका सम्भावनाको खोजी गर्न।
  •  उद्धोगको परिचय, प्रकार र महत्व बताउन र उद्धोगको सम्भावनाको पहिचान गर्न।
  •  व्यापारको परिचय, प्रकार र महत्व बताउन।
  •  नेपालमा व्यापारको बजारीकरण र विविधीकरण एवम् व्यापार प्रवर्धनका उपायहरु उल्लेख गर्न ।
  •  श्रम, आयाअर्जन र रोजगार एवम् उद्धमशिलताको सम्बन्ध प्रस्तुत गर्न । 
नयाँ शव्दहरु
 आम्दानी (income)
 बाली विविधीकरण (crop diversification)
घुम्तीबाली (crop rotation)
 स्वरोजगार (self-employment)
सम्भाव्यता (Prospect)
 श्रोत (source)
 वैदेशिक मुद्रा (foreign currency)
 कच्चापदार्थ (raw material)
 मेरुदण्ड (back bone)
 निर्वाहमुखी (subsistence oriented)
 आधुनिकीकरण (modernization)
 व्यावसायिकरण (commercialization)
 औजार (equipment)

 पाठ: १
 कृषि 
 परिचय
नेपालको संदर्भमा कृषिको महत्व :
  • कृषि नै नेपालीहरुको जीविकोपार्जनको प्रमुख आधार |
  • नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको  करिव २६% हिस्सा |
  • नेपालको खाद्धन बालीको प्रमुख स्रोत | 
  • कृषिजन्य उधोघरुको कच्चा पदार्थको प्रमुख स्रोत | 
  • नेपालबाट निर्यात हुने बस्तुहरुमा प्रमुख बस्तुहरु | 
  • कृषि नै रोजगारीको प्रमुख आधार |   

नेपालको कृषिको आधुनिकीकरणका उपायहरु 
  • सिचाई सुबिधाको उचित व्यवस्थापन |
  • कृषकहरुलाई आधुनिक कृषिको तालिमको व्यवस्था | 
  • कृषकहरुलाई राज्यबाट  सरल प्रक्रियाबाट सस्तो व्याजदरमा ऋणको व्यवस्था |  
  • रासायनिक मल, आधुनिक बिउ बिजन  तथा किटनाशक औषधि सुलभ उपलव्धता |
  • रासायनिक मल तथा किटनाशक औषधि प्रयोग गर्न कृषक हरु लाई तालिमको व्यवस्था |
  • उत्पादित वालीको संचय र संरक्षणका लागि सहि संकलन केन्द्र र भण्डारण गृहको व्यवस्था |
  • यातयात र संचारको उचित व्यवस्था |
  • कृषि शिक्षामा जोड | 
  • कृषिमा व्यवसायीकरण | 
  • माटो , वातावरण र मौसम अनुरुप बालीको छनौट |  
     नेपालको कृषिको व्यवसायीकरणका उपायहरु 
  • कृषि शिक्षाका लागि  कृषि बिद्यालय तथा विश्व विद्धालयहरुको स्थापना |
  • कृषक लक्षित तालिमको उचित व्यवस्थापन | 
  • सिचाई सुबिधाको उचित व्यवस्थापन |  
  • कृषकहरुलाई राज्यबाट  सरल प्रक्रियाबाट सस्तो व्याजदरमा ऋणको व्यवस्था |
  • उत्पादित कृषि जन्य वस्तुका लागि उचित बजारको व्यवस्थापन | 
  • सामुहिक खेती सुरुवात | 
  • उत्पादित कृषि जन्य वस्तुका लागि भण्डार गृह तथा चिस्यान केन्द्रको सहि व्यवस्थापन  
  • कृषिलाई आधुनिकीकरण तर्फ लैजाने | 
  नेपालको कृषि क्षेत्रमा देखिएका चुनौतिहरु 
  • असहज धरातलीय स्वरूप |
  • निर्वाहमुखी खेती |
  • पहाडी तथा भिरालो धरातलीय स्वरुपका कारण  सिचाई सुबिधाको कमि |
  • परम्परागत कृषि प्रणालीमा आधारित कृषि कार्य | 
  • रासायनिक मल तथा किटनाशक औसधिको अभाव | 
  • आधुनिक कृषि सामग्री तथा यन्त्रहरुको कमि | 
  • अव्यावहारिक सरकारी नीति तथा कार्यक्रम |
  • देशका कुना कन्दरा सम्म यातायातको सुबिधा पुग्न नसक्नु , इत्यादि |
चुनौतीका समाधानका उपायहरु 
  • कृषकलाई कृषि शिक्षाका कार्यक्रमहरु सबै जसो स्थानीय निकायहरु बाट संचालन गर्ने |
  • सम्भव भएका स्थानहरुमा सिचईको सहज व्यवस्था गर्ने |  
  • कृषकले बालि लगाउनु पूर्वनै आवश्यक रासायनिक मल तथा बिउ बिजनको राम्रो व्यवस्था मिलाउने | 
  • आधुनिक कृषि सामग्रीको प्रयोग उचित ढंगले गर्ने | 
  • कृषकलाई सस्तो व्याजदरमा राज्य द्वारा ऋणको व्यवस्था मिलाउने |
  • स्तरीय सडक तथा संगठित बजारको व्यवस्था मिलाउने | 
  • कृषिको आधुनिकिकरणका लागि राज्यले नीति बनाई कार्यहरु अघि बढाउने , इत्यादि | 
 
पाठ : १ 
उधोग
कुनै पनि स्थानमा वस्तु, सिप, पुंजी तथा साधनको प्रयोग द्वारा वस्तु तथा सेवाको उत्पादन गरिने प्रक्रियालाई उधोग भनिन्छ | उधोग धन्दा कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड हो | देशमा उपलव्ध स्रोत साधन को प्रयोग द्वारा उधोगको विकासले निर्यात बढाई वैदेशिक मुद्राको आर्जन गरि देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ | 
उधोगका पूर्वाधारहरु 
  • पुंजी 
  • कच्चा पदार्थ 
  • आवश्यक जनशक्ति 
  • उर्जा 
  • संचार 
  • प्रबिधि तथा औजार 
  • यातायात 
  • बजार 
उधोगका प्रकार 
  • साना तथा घरेलु उधोग 
  • मझौला उधोग 
  • ठुला उधोग 
साना तथा घरेलु उधोग
स्थानीय स्तरमा प्राप्त कच्चा पदार्थ, सिप तथा श्रमको प्रयोग द्वारा स्थानीय स्तरमै वस्तु उत्पादन  गरिने प्रक्रियालाई घरेलु उधोग भानिन्छ | करिव पन्ध्र करोड सम्मको स्थिर पुंजी भएको उधोगलाई साना उधोग भनिन्छ | व्यावसाय एन २०७६  का अनुसार साना तथा घरेलु उधोगका आवश्यक विशेषताहरु : 
  • स्थानीय परम्परागत सिप तथा प्रविधिमा आधारित 
  • श्रममुलुक र खास सिप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित, 
  • इन्जिन, उपकरण वा मेशिनको प्रयोग गरेको भएमा बढीमा पचास किलोवाटसम्मको क्षमताको विधुतिय उर्जा प्रयोग गरेको,
  • अनुसूची २ मा उल्लेख भएबमोजिमका उधोग   
साना तथा घरेलु उधोगका महत्व 
  • स्थानीय स्तरमै रोजगारीको सृजना, 
  • स्थानीय स्तरमै प्राप्त कच्चा पदार्थको सहिसदुपयोग 
  • वैदेशिक  मुद्राको आर्जन, 
  • निर्यातमा वृद्धि व्यापार घाटामा कमि आउने,  व्यापार असन्तुलन घट्ने, 
  • परम्परागत सिप र प्रविधिको सहिसदुपयोग, 
  • परम्परागत कला र संस्कृतिको संरक्षण, 
  • राष्ट्रिय आम्दानीको एक असल स्रोत |
साना तथा घरेलु उधोगको सम्भावना
  • नेपालमा कृषिजन्य कच्चा पदार्थ प्रचुर मात्रामा पाइने, 
  • स्थानीय स्तरका सिप र प्रविधिहरु साना तथा घरेलु उधोगका लागि अति उपयोगी, 
  • स्थानीय स्तरका जनशक्तिहरु  स्थानीय स्तरका सिप र प्रविधिहरुमा दक्ष हुनु |
  • सानो लगानीमा संचालन गर्न सकिने, 
  • स्थानीय स्तरमै प्रसस्त मात्रामा  कच्चा पदार्थ पाइने |
साना तथा घरेलु उधोगमा देखा परेका समस्या र समाधानका उपाय 
समस्याहरु : 
  • परम्परागत सिप र प्रविधिमा आधारित 
  • ठुला तथा वहुरास्ट्रीय कम्पनिहरुका वस्तुहरु संग प्रतिस्प्रधा गर्न नसक्नु, 
  • उचित बजारको व्यवस्था हुन् नसक्नु, 
  • गरिवीका कारण आवश्यक पुँजीको अभाव, 
  • सबै किसिमका जनशक्तिको अभाव, 
  • राजनीतिक अस्स्थिरता र औधोगिक नीतिमा वारवार परिवर्तन, 
समस्या समाधानका उपायहरू 
 आधुनिक प्रबिधि तथा सिपको प्रयोगमा जोड दिने,
 गुणस्तरीय वस्तुको उत्पादनमा जोड दिई उत्पादित वस्तुहरुको बिज्ञापन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने,
 सहुलियत दरमा ऋण तथा अनुदानको व्यवस्था गर्ने,
 गरिबी निवारणका नीति तथा कार्यक्रम बनाई सन्चालनमा ल्याउने, 
 बैज्ञानिक तथा प्राविधिक शिक्षा प्रदान गर्ने र श्रमिकउन्मुख तालिम प्रदान गर्ने, 
 स्थिर निर्यात मार्फत स्थानिय औधोगिकिरणमा जोड दिने, इत्यादी।
एकाइ :९ 
अन्तर्राष्ट्रिय सम्बन्ध 
 एकाइका उद्देश्यहरु 
  •  नेपालका दातृ राष्ट्र संस्थाहरुसँग सम्बन्ध र सहयोगको अवस्थासँग परिचीत हुन।
  • संयुक्त राष्ट्र सङ्घमा नेपालको भुमिका उल्लेख गर्न।
  • सार्क र युरोपियन युनियनको परिचय र भुमिका बताउन।
  • सुचना तथा सञ्चार प्रविधिका स्रोत एवम् सावधानी अपनाउन ।
  • विश्वमा घटेका मुख्य समसामयिक घटनासँग परिचित हुन ।
 नयाँ शव्दहरु 
द्विपक्षीय (Bilateral)
बहुपक्षीय (Multilateral)
राष्ट्र सङ्घ (League of the Nations)
पर्यवेक्षक (Observer)
पारस्परिक लाभ (Mutual Benefit)
अभिवृद्धि (Enhance)
म्यास्ट्रीच सन्धी (Maastrich Treaty)
युरोपेली समुदाय (European Community)
संयुक्त राष्ट्रसंघमा नेपालको भूमिका 
पाठ:१

परिचय 
१० जनवरी, १९२० मा स्थापित राष्ट्र सङ्घ असफल भएपछी, एउटा सशक्त अन्तराष्ट्रिय संघठनको  महसुस गरियो र १४ अगस्त, १९४१ का दिन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्ट र बेलायति प्रधानमन्त्री विन्स्टन चर्चिलले एटलान्टिक माहासागरमा बैठक गरे र दिगो शान्तिका लागि ८ बुंदे बडापत्रमा हस्ताक्षर गरे जसलाई एटलान्टिक  बडापत्र भानिन्छ| सन् १९४५, २६ जुनका दिन ५० देशका प्रतिनिधिहरु सान फ्रान्सिस्कोमा जम्मा भए र  संयक्त राष्ट्र संघिय बडापत्रमा हस्ताक्षर गरे | यसलाई सान फ्रान्सिस्को सम्मेलन भानिन्छ| पछी आएर पोल्याण्डले पनि यो बडापत्रमा हस्ताक्षर गर्यो र संयुक्त राष्ट्र सङ्घको ५१ औ संस्थापक राष्ट्र बन्यो| यो बडापत्र लाई चिन, सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र बडापत्रका अन्य हस्ताक्षर राष्ट्रहरुले बहुमतले अनुमोदन गरे पछी २४ अक्टोबर, १९४५ मा यो अन्तराष्ट्रिय संस्थाको विधिवत् रूपमा घोषणा भयो |
संयुक्त राष्ट्र सङ्घका वर्तमान महासचिव एन्टोनियो गुतेरेस हुन् र उपमहासचिव अमिना जे मोहम्मद हुन् |  नेपालले १४ दिसेम्बेर, १९४५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको हो | 
नेपालका मित्र राष्ट्र र संस्था 
नेपालको विदेश नितिका विशेषताहरु
* अस्मलग्न्ताको सिद्धान्तमा आधारित
* पन्चशीलको सिद्धान्तमा आधारित 
* संयुक्त  राष्ट्र 


संयुक्त राष्ट्र सङ्घमा नेपालको भूमिका 

  • १४ दिसेम्बेर, १९४५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त,
  • सन् १९६९ - १९७० र सन् १९८८- १९८९ क्रमस दुई  पटक सुरक्षा परिषदको अस्थाई सदस्यका रूपमा निर्वाचित,
  • संयुक्त राष्ट्र सङ्घका दोश्रो महासचिव डाग ह्यामर्स्वोल्डको कंगो जाने क्रममा सन् १९६१मा  हवाईजहाज दुर्घटनामा निधन भयो र   संयुक्त राष्ट्र सङ्घले एउटा जांचबुझ समिति गठन गर्यो र त्यस जांच बुझ समितिका संयोजकको रूपमा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थाई प्रतिनिधि राजदूत ऋषिकेश शाहलाई नियुक्त  
  • सन् १९६७ मा रंगभेदसम्बन्धि विशेष समितिको उपादक्ष्य पदमा नियुक्त 
  • सन् १९७४ र १९८७ मा UNESCO को कार्यकारिणी परिषद् र अन्य समितिमा रही कार्य गरेको,
  • नेपालले अति कम विकसित देशहरुको समूह  LDC प्रमुख भई कार्य गरेको, 
  • डा. कुलचन्द्र गौतमले  संयुक्त राष्ट्र सङ्घको उप्माहसचिवको रूपमा कार्य गरेको 
  • सन् १९७८ देखि ४३ वटा द्वन्द्व ग्रस्त क्षेत्रमा सेना पठाई शान्ति स्थापना सहयोग पुर्याई रहेको छ|  

 क्षेत्रीय सँङ्गठनहरु र नेपाल
युरोपियन संघ 


१ नोभेम्बर, १९९३ मा विधिवत रुपमा स्थापना भएको युरोपियन संघमा २७ वटा देशहरु आवद्ध छन् | यो एउटा युरोपमा भएका देशहरुको राजनीतिक तथा आर्थिक संघ हो | यस संघको प्रधान कार्यालय बेल्जिएमको ब्रसेल्समा अवस्थित छ | नेपाल र युरोपियन संघका विच दौत्य सम्बन्ध सन् १९७५मा भएको हो | युरोपियन संघ नेपालको विकासका  लागि एक असल दात्री राष्ट्र हो |
युरोपियन संघ स्थापनाका मुख्य उद्देश्यहरु ;
  • युरोपियन संघका सदस्य राष्ट्रहरुको लोकतान्त्रिक शासनलाई बलियो बनाउने |
  • संघका सम्पूर्ण सदस्य राष्ट्रहरुको दक्षता अभिवृद्धि गर्ने |
  • संघका सम्पूर्ण सदस्य राष्ट्रहरुको आर्थिक र वितिय एकीकरण स्थापित गरि आर्थिक अवस्था सुधार्ने |
  • सामुदायिक सामजिक  आयामको अभिवृद्धि गर्ने |
  • कुशल सुरक्षा नीति अवलम्बन गरि सदस्य राष्ट्रहरुको सुरक्षा बलियो बनाउने |
युरोपियन संघका सदस्य राष्ट्रहरु;
  • अष्ट्रीया (Austria)
  • बेल्जियम (Belgium)
  • बुल्गेरिया (Bulgaria) 
  • क्रोएसिया (Croatia)
  • साईप्रस (Cyprus)
  • चेक गणतन्त्र (Czech Republic) 
  • डेनमार्क (Denmark)
  • इस्टोनिया (Estonia)
  • फिनल्याण्ड (Finland)
  • फ्रान्स (France)
  • जर्मनी (Germany)
  • ग्रिस (Greece)
  • हंगेरी (Hungary)
  • आयरल्याण्ड (Ireland)
  • इटाली (Italy)
  • लाथभिया (Latvia) 
  • लिथुआनिया (Lithuania)
  • लकजम्बर्ग (Luxemburg)
  • माल्टा (Malta)
  • नेदरल्याण्ड (Netherland)
  • पोल्याण्ड (Poland)
  • पोर्चुगल (Portugal)
  • रोमानिया (Romania)
  • स्लोभाकिया (Slovakia)
  • स्लोभेनिया (Slovenia)
  • स्पेन (Spain)
  • स्वीडेन  (Sweden) 

दक्षिण एसियाली सहयोग संघठन (सार्क)

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थापना सन् १९८५,डिसेम्बर ८का दिन भएको हो। सन् १९७७ को कोलम्बो सम्मेलनमा राजा विरेन्द्रले नेपालका नदिनालाहरुलाई दक्षिण एसियाली मुलुकहरूको हितमा प्रयोग गर्न आह्वान गरेका थिए। साथै बङ्गलादेशका राष्ट्रपती जियाउर रहमानले पनि यस्तै प्रकारको प्रस्ताव ल्याए। पछि सन् १९८५को डिसेम्बर ७ - ८ बाङ्लादेशको ढाकामा सातवटा देशहरुको सम्मेलन भयो र सार्कको स्थापना भयो। यो  सार्कको पहिलो सम्मेलन थियो । यस सम्मेलनमा बङ्गलादेश, भुटान, भारत,माल्दिभ्स, नेपाल,पाकिस्तान र श्रीलंका सहित  सहभागी भइ  सार्कको स्थापना गरेका थिए।
अफ्गानिस्तानले सन् २००७ मा सार्कको सदस्यता  लिएको हो।
सार्कको जम्मा खर्चको १०.७२% बेहोर्छ। त्यस्तै गरि श्रीलङ्का र बङग्लादेशले पनि १०.७२% नै व्यहोर्ने गर्दछन।
सार्कको लोगो नेपालका शैलेन्द्र महर्जनले बनाएका हुन।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाका उद्देश्यहरु :
  • दक्षिण एसियाली क्षेत्रका देशहरुको आर्थिक वृद्धि, सामाजिक प्रगति साथै सांस्कृतिक प्रगतिमा तिव्रता ल्याउनु |
  • दक्षिण एसियाली क्षेत्रका देशहरु विच आपसी विश्वास तथा एक अर्काका समस्या प्रति समझदारी बढाउने |
  • सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रहरुमा दक्षिण एसियाली क्षेत्रका देशहरु विच सक्रिय सहयोग तथा आपसी साहयता प्रवर्धन गर्ने |
  • सदस्य राष्ट्रका जनताको हित अविवृद्धि साथै जीवन स्तरलाई सुधार्ने | 
  • सदस्य राष्ट्रको एकापसको समस्याप्रति पारस्पारिक विश्वास र समझदारी बढाई समस्या सामाधान गर्ने | 
नेपालमा आयोना गरिएका सार्क सम्मेलनहरु  
नेपालले हालसम्म तीन पटक सार्क सम्मेलन आयोजना गरेको छ।
# तेस्रो - १९८७ 
# आठौं - २००२
# अठारौं - २०१४
सार्क खेलकुद 

# पहिलो - १९८४
# आठौं - १९९९
# तेह्रौं - २०१९




 
 

 










Comments

  1. Wonderful e-note for social std.

    ReplyDelete
  2. Thank you very much sir for this nice blogspot.

    ReplyDelete
  3. I am deeply grateful for the insightful notes you provided; they have significantly enhanced my understanding of the subject. Please continue sharing your valuable insights, as they make a tremendous difference in our learning journey.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Social Studies Grade 9 ( nine)